कीर्तिपुर ४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी



काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याएकी छन्।

माओवादीका नारायण विष्टले ३८१, एमालेका बद्री बुढाथोकीले ४६० मत ल्याएका छन्। राप्रपाका बिजेश बस्नेतले १४२ मत ल्याए।

२०७९ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए। यसपालि स्वतन्त्रबाट उनकी श्रीमती पविता खड्का उम्मेदवार थिइन्।

श्यामकुमारसँग बानियाँ त्यसबेला पराजित भएका थिए। उनले २०७९ को चुनावमा १०५७ मत ल्याएका थिए।

यसपालि नै भएको कीर्तिपुर(१ को वडाध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्।

कीर्तिपुरको प्रमुख पदमा मतगणना जारी छ। जारी गणनामा कांग्रेसले अग्रता बनाइरहेको छ।

प्रकाशित मिति : मंसिर १७, २०८१ सोमबार  ११ : ३८ बजे