काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन्।
सोमबार मध्यान्न १२ बजेसम्मको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन्। कांग्रेसका डंगोलले अहिलेसम्म १८९२ मत ल्याएका छन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र मानन्धर कांग्रेसलाई पछ्याइरहेका छन्। मानन्धरले १३७८ मत ल्याएका छन्। मानन्धर र डंगोबीचको मतान्तर ५१४ रहेको छ ।














