काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबारदेखि जारी बयान सोमबार सकिएको छ।
उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी छ।प्रहरीका अनुसार काठमाडौँको बयान सकिएकाले रविलाई मंगलबार पोखरा पठाइनेछ।
त्यस्तै, पोखराबाट उनलाई अर्को बयानका लागि चितवन पठाइनेछ ।














