काठमाडौं, । नेपाल सरकार र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।
फ्रेमवर्कमा नेपालका तर्फबाट निमित्त परराष्ट्रसचिव अमृतबहादुर राईले हस्ताक्षर गरेका छन् ।
मंगलबार उच्चस्तरीय भेटवार्तापछि ९ बुँदे सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।














