काठमाडौं, १९ मंसिर । सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्ला अदालतबाट पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन साझेदार पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
पर्साको सानो पाईला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा प्रहरीले अनुसन्धान गर्नको लागि जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको हो ।
यसअघि लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि सहकारी ठगी प्रकरणमा बयान लिइसकेको छ । चितवनमा भने बयान जारी नै छ ।
रविमाथि सहकारी ठगीसहित चार ओटा आरोपमा अनुसन्धान भइरहेको छ ।










