रविलाई चितवनबाट रातारात पोखरा ल्याइयो



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामीछानेलाई पोखरा ल्याइएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामीछानेलाई चितवनमा बुधबार बयान सकिएकोमा बिहीबार पोखरा लगिने भनिएको थियो ।

तर, उनलाई गएराती ११ बजे चितवनबाट पोखरा लगिएको हो । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले आज ३ बजे स्थलमार्गमार्फत लगिएको र बिहान ६ बजे लामिछानेलाई पोखरा पुयाइएको जानकारी दिए ।

मंगलबार काठमाडौंबाट चितवन लगिएका रविलाई दुई दिनसम्म निरन्तर सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।

बुधबार विहान ८ बजेदेखि राती ८ बजेसम्म बयान लिएर सकाएपछि राति नै उनलाई पोखरा ल्याइएको छ ।

प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार  १० : ५९ बजे