स्वयम्भू र बौद्ध पुगेर स्वदेश फर्किए भूटानी राजा



काठमाडौँ । स्वयम्भूनाथ र बौद्ध पुगेर फर्किए भूटानी राजा भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले जन्मभूमि नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन्।

अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका राजा वाङचुकले नेपालमा रहँदा कुनै राजनीतिक भेटघाट नगरी स्वदेश फर्किएका हुन्।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राजा वाङचुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेकी थिइन्।

शुक्रबार बिहान राजा वाङचुक काठमाडौँस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। भारत भ्रमण सकेपछि नेपाललाई ट्रान्जिट पारेर राजा वाङचुक नेपाल आएका हुन्।

प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार  ८ : ०४ बजे