म झुट बोल्दिनँ,ओलीजीले राम्रो काम गर्दैहुनुहुन्छ : सभापति देउवा



विराटनगर । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन्।

पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधन गर्दै देउवाले आफूले झुट नबोल्ने भन्दै ओलीले राम्रो काम गरिरहेको दाबी गरे।

‘झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने।

‘‘मित्रराष्ट्र चीनको भ्रमणका क्रममा निकै महत्वपूर्ण कुरा गरेर आउनुभएको छ,ऋणभन्दा पनि अनुदानको रूपमा सुविधा लिने विषय हो । ओली जीले त्यही ढंगले सम्झौता गर्नुभयो,उनले भने।

उनले चीन भ्रमणका क्रममा भएको सम्झौताका विषयमा प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन पनि गरे ।

नेपालले विकासका निम्ति एडीबी, आईएमएफलगायत अन्तर्राष्ट्रिय दातृनिकायसँग ऋण लिएकोरलिने गरेको तर अब धेरै लिन सक्ने अवस्था नरहेको उनले बताए । ओलीप्रति देउवाको भनाइ थियो।

स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाउनु परेको उल्लेख गर्दै देउवाले दुई पार्टी मिल्दा देशमा स्थायित्व आउने दाबीसमेत उनको छ।

प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार  ५ : ३८ बजे