रविलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ ।

आज कास्की जिल्ला अदालतले उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई ४ दिन म्याद दिएका हो ।

काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो ।

सुरुमा उनी माथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो । पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : मंसिर २३, २०८१ आईतबार  ३ : १० बजे