सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई पर्सा लगियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि पर्साको वीरगन्ज पुर्‍याइएको छ ।

लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं ल्याएर त्यसपछि सिमरा पुर्‍याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो ।सहकारी ठगी प्रकरणमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

पर्साको वीरगञ्जस्थित हाम्रो साइनो पाइला सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेपछि गत मंसिर १९ गते रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ पुर्जी जारी भएकाले चितवनपछि बयानका लागि पर्सा लगिएको हो ।

प्रकाशित मिति : मंसिर २४, २०८१ सोमबार  ३ : ०५ बजे