पर्सामा सकियो रविको बयान, अब पोखरा लगिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग मंगलबार पर्सा सरकारी वकिलको कार्यालयमा बयान लिइएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धानका लागि वीरगन्ज पुर्याइएका लामिछानेसँग ४ घन्टा बयान लिइएको सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछाने बताए ।

बयान सकिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा पठाइएको छ ।

पर्साबाट उनलाई फेरि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइनेछ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो पोखराबाट हवाई मार्ग हुँदै काठमाडौँ ल्याई सिमरा पुर्‍याइएको थियो। त्यहाँबाट लामिछानेलाई गाडीमा वीरगन्ज लगिएको थियो।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ०० बजे