काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ ।
लामिछानेलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो । आज पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको हो ।
सुरुमा उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीमा ठगी गरेकोमा उजुरी परेकाले पोखरा लगिएको हो ।
त्यसपछि रुपन्देही, चितवन र पर्सामा पनि उनीविरुद्ध उजुरी परेपछि ती जिल्लाहरूमा पनि उनको बयान भएको छ । प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।
रवि लामिछाने काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका थिए ।