भातृसंस्थाको महाधिवेशन गराउन कांग्रेसले बनायो १० वटा निर्देशक समिति (सुचीसहित)



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम विभिन्न भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न १० वटा निर्देशन समिति बनाएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सभापति देउवाले नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरेका हुन्।

२०८१ चैत्र मसान्तसम्ममा अनिवार्य रूपमा ती संस्थाहरूको महाधिवेशन सम्पन्न गर्न विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग गर्दै आवश्यक निर्देशन समेत गर्न कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भ्रातृ संस्थाहरूको “महाधिवेशन केन्द्रीय निर्देशन समिति” गठन गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

जसमा नेपाल दलित सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक सहमहामन्त्री जीवन परियार, नेपाल महिला सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक डा।प्रकाशशरण महत,नेपाल किसान महासङ्घको संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल नेपाल भूतपूर्व सैनिक सङ्घको संयोजक केन्द्रीय सदस्य एनपी साउद तोकिएका छन् ।

त्यसैगरी नेपाल लोकतान्त्रिक खेलकूद सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मधु आचार्य,नेपाल थारु सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा र नेपाल प्रजातन्त्र सेनानी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा गोविन्दराज पोखरेल तोकिएका छन् । प्रत्येक समितिमा २ जना सदस्य रहेका छन्।

नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गत २०८१ असोज १६ गते गठन गरिएको थियो। नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा देउवाले संशोधन गरेका छन्।

नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ सहमहामन्त्री श्री जीवन परियार — संयोजक
२ केन्द्रीय सदस्य श्री लक्ष्मी परियार — सदस्य
३ केन्द्रीय सदस्य श्री शान्ति परियार वि।क। — सदस्य

नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति ९संशोधन गरिएको०
१ प्रवक्ता डा। प्रकाशशरण महत — संयोजक
२ केन्द्रीय सदस्य श्री पुष्पा भुसाल — सदस्य
३ केन्द्रीय सदस्य श्री रुक्मिणी कोइराला — सदस्य

नेपाल किसान महासंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ केन्द्रीय सदस्य श्री रमेश रिजाल — संयोजक
२ केन्द्रीय सदस्य श्री राजेन्द्रकुमार केसी — सदस्य
३ केन्द्रीय सदस्य श्री अञ्जनी श्रेष्ठ — सदस्य

नेपाल भूतपूर्व सैनिक संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ केन्द्रीय सदस्य श्री एन।पी। साउद — संयोजक
२ केन्द्रीय सदस्य श्री टेकप्रसाद गुरुङ — सदस्य
३ केन्द्रीय सदस्य श्री महेन्द्रकुमारी लिम्बू — सदस्य

नेपाल लोकतान्त्रिक खेलकूद संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ केन्द्रीय सदस्य श्री मोहनबहादुर बस्नेत — संयोजक
२ केन्द्रीय सदस्य श्री उमेशजंग रायमाझी — सदस्य
३ केन्द्रीय सदस्य श्री गणेश लामा — सदस्य

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ केन्द्रीय सदस्य श्री मधु आचार्य — संयोजक
२ केन्द्रीय सदस्य श्री सरस्वती बजिमय — सदस्य
३ केन्द्रीय सदस्य श्री मदनकृष्ण श्रेष्ठ — सदस्य

नेपाल थारू संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ केन्द्रीय सदस्य श्री उदयशम्शेर राणा — संयोजक
२ केन्द्रीय सदस्य डा। गोपाल दहित — सदस्य
३ केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी — सदस्य

नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ केन्द्रीय सदस्य प्रा।डा। गोविन्दराज पोखरेल — संयोजक
२ केन्द्रीय सदस्य श्री मुक्ताकुमारी यादव — सदस्य
३ केन्द्रीय सदस्य श्री कान्तिका सैजुवाल — सदस्य

नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’ — संयोजक
२ केन्द्रीय सदस्य श्री सरिता प्रसाई — सदस्य
३ केन्द्रीय सदस्य श्री जीतजंग बस्नेत — सदस्य

नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ सहमहामन्त्री श्री किशोर सिंह राठौर — संयोजक
२ केन्द्रीय सदस्य श्री राजिव ढुंगाना — सदस्य
३ केन्द्रीय सदस्य श्री प्रतिमा गौतम — सदस्य

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : ४३ बजे