काठमाडौं ।कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (.रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि आज कास्की जिल्ला अदालत उपस्थित गराएको छ ।
सहकारी ठगी प्रकरणमा उनीसहित अन्य तीन जनालाई आज अदालतमा उपस्थित गराएको छ।
काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिदैछ ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि अदालत लगिएको छ ।














