टस जितेर कर्णालिबिरुद्द बलिङ गर्दै लुम्बिनी लायन्स



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुरुवातमा बलिङ गर्ने भएको छ।


शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिसकेको हो ।


राोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीसँग प्रतिस्पर्धा गर्न लागेको हो।


लुम्बिनीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । लुम्बिनी एनपीएलको प्लेअफ होडबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार  ९ : ३३ बजे