एनपीएल : काठमाडौँले विराटनगर किङ्ग्सविरुद्ध बलिङ गर्दै



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किङ्ग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा काठमाडौँले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो।

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ।

विराटनगर किङ्ग्सले छ मध्ये दुई खेलमात्र जितेको छ।

प्रकाशित मिति : मंसिर ३०, २०८१ आईतबार  १० : ४० बजे