काठमाडौँ । सुदूरपश्चिम रोयल्सले कर्णालीलाई पराजित गरेसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित भएसँगै प्लेअफ समीकरण पूरा भएको हो।
१०२ रनको लक्ष्य कर्णालीले १५.२ ओभरमा विकेटको ४ क्षतिमा पूरा गर्यो। सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाए। इशान पाण्डेले ३८ रन बनाए।
यसअघि पहिले ब्याटिङ गरेको कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको थियो।
कर्णालीका लागि जिशान मक्सुदले ३० रन बनाए। विलियम बोसिस्टोले १६, बाबर हायातले १३, सोमपाल कामीले ११ र च्याडविक वाल्टनले ११ रन बनाए।
सुदूरपश्चिमका लागि हर्मित सिंहले ३, दीपेन्द्र सिंह ऐरी र स्कट कुगेलेइनले २ तथा, सैफ जैबले १ विकेट लिए।
कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १२.२ ओभरमा पूरा गर्न सकेको भए कर्णालीका स्थानमा काठमान्डु गुर्खाज प्लेअफमा पुग्ने थियो।।
प्लेअफमा सुदूरपश्चिम, जनकपुर, चितवन र कर्णाली पुगेका छन्।














