काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्री पिएल सिंहलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित प्रमुख नेताहरू पार्टी कार्यालयमा पुगेका छन्।
पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो ।
उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।
पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन् ।























