एमालेलाई मीनबहादुरले दान दिएको जग्गाविरुद्धको रिट खारेज



काठमाडौं, १ पुस । व्यवसायी मिनबहादुर गुरुङले नेकपा ९एमाले० लाई दान दिएको जग्गाविरुद्ध परेको रिट खारेज भएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले जग्गा दानविरुद्धको रिट खारेज गरेको हो।

गत शुक्रबार ९मंसिर २८ गते० सर्वोच्च अदालतका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासमा सो मुद्दा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । आज सो रिट खारेज भएसँगै एमालेलाई मिनबहादुरले दान दिएको जग्गामा पार्टी केन्द्रीय कार्यालय बनाउने बाटो खुलेको छ ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए। गत असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन्।

प्रकाशित मिति : पुस १, २०८१ सोमबार  ७ : ३५ बजे