कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा १० सदस्य मनोनयन



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू मनोनयन गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले विभागमा सदस्यहरूलाई मनोनयन गरेको जानकारी दिएको हो।

विभागको प्रमुखमा प्राडा गोविन्दराज पोखरेल छन्। देउवाले मनोनयन गरेका विभाग सदस्यहरूमा प्रा। विनय कुसियत, धनुषा, प्रा।डा। रश्मी राजभण्डारी, काठमाडौं, डा. सुदन ओली, रोल्पा, डा. ईशा घर्ती, लम्जुङ, डा. रेवतबहादुर कार्की, ओखलढुंगा छन्।

यस्तै डा. प्रताप छत्कुली, धादिङ, डा। राजेन्द्र बीर चन्द, कैलाली, अमरबहादुर रोकाय, सुर्खेत, राजकुमार त्रिपाठी(आर.के।), धादिङ र होमप्रसाद घिमिरे, ललितपुर छन्।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनयन गरिएको कांग्रेसको भनाइ छ।

प्रकाशित मिति : पुस ११, २०८१ बिहिबार  १ : ३३ बजे