हुम्लामा रोकिएन हिमपात, सडक र हवाई सेवा प्रभावित



हुम्ला( हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ। लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई सेवाका साथै दैनिक काम प्रभावित बनेको हो।

हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले फोनमार्फत जानकारी गराए। ुगाई झोपा र जुमागोठभित्रै छन् भने चौँरीगाई छाडा भएका छन्। एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छु, उनले भने।

सिमकोट हुने सबै हवाई सेवा बन्द भएको हवाई उड्डयन कार्यालयले जानकारी गराएको छ। चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन्।

यसवर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेको स्थानीय बताउँछन्। रासस

प्रकाशित मिति : पुस १४, २०८१ आईतबार  ६ : १६ बजे