साई सहकारी ठगीका आरोपित भरत जंगम पैसा तिरेर रिहा



काठमाडौँ। साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरतमणि जंगम र लुमन दाहाल रिहा भएका छन्।

पुस ७ गते पक्राउ परेका जंगम र दाहाललाई गत शुक्रबार रिहा गरिएको हो।

सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक दिएपछि उनीहरू दुवै जनालाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

जंगम साई स्वाग सहकारीका अध्यक्ष हुन् भने दाहाल तत्कालीन कोषाध्यक्ष हुन्। यो सहकारीमा रास्वपा सभापित रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि उपाध्यक्ष बनेकी थिइन्।

प्रकाशित मिति : पुस १५, २०८१ सोमबार  २ : ०६ बजे