काम नगर्ने १३ निर्माण कम्पनी परे कालोसूचीमा(सुचीसहित)



काठमाडौं । सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।


बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।


यी हुन् कालो सूचिमा पर्ने निर्माण कम्पनीहरु


१.श्री एस. ए. एस. कन्स्ट्रक्सन प्रा.लि., विराटनगर–१६, मोरङ ।

३ श्री मृत सन्जिवनी – ग्याल्वा जे.भी., काठमाडौँ ।


४ मृत सन्जिवनी कन्स्ट्रक्सन प्रा.लि., डेटौंडा


५ श्री लक्ष्मी कन्स्ट्रक्सन, गोरखा नगरपालिका – ०६, गोरखा ।


६ श्री सुष्मी कन्स्ट्रक्सन प्रा.लि., गोकर्णेश्वर नगरपालिका–०५, काठमाडौं । कार्यालय, अत्तरपुर, सिन्धुपाल्चोक ।


७ श्री रविन कन्स्ट्रक्सन, गुलरिया–६, बर्दिया ।


८. थोत्रा सप्लायर्स ÷ मानेकोर कन्स्ट्रक्सन, गोसाइँकुण्ड गा.पा.–६ ।


१० शिलादेवी एस.बि.डि. निर्माण सेवा प्रा.लि., शुक्लागण्डकी–०२, तनहुँ ।


११ त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स, भि.न.पा. ४, कञ्चनपुर ।


१२ खिम निर्माण सेवा, कपिलवस्तु नगरपालिका–४, कपिलवस्तु ।


१३ मेनका निर्माण सेवा, नेपालगञ्ज १३, बाँके ।

प्रकाशित मिति : पुस १८, २०८१ बिहिबार  ९ : २२ बजे