टुकुचा खोलामा ढल र थुप्रिएको फोहोर (तस्बिरहरु)



काठमाडौं । सिंहदरबारको मूलगेट र भद्रकालीबिचको पुलमुनि टुकुचा खोलामा प्लास्टिकजन्य फोहोरको थुप्रो देखिन्छ।

यो दृश्य राजधानीमा बस्ने मान्छेले प्रकृतिमाथि गरेको ज्यादतीको एक ज्वलन्त उदाहरण हो ।

बर्खाको पानीबाहेक टुकुचामा अरू केही बग्छ भने त्यो वरिपरिका बस्तीले हुल्ने ढल र दूषित पानी मात्र हो।

ढलको प्वाल थुनिदिने हो भने सायद बर्खाबाहेक अरू याममा यहाँ बग्ने चिज केही हुने छैन।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १० : ३१ बजे