काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको थियो ।










