मुगुमा भूकम्पको धक्का



काठमाडौँ । आज बिहान पनि मुगु केन्द्रविन्दु बनाएर ४।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आज बिहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको हो।

केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४।८ रेक्टर स्केलको कम्पन भएको थियो।

यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४।६ रेक्टर स्केलको कम्पन भएको थियो।

प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार  १० : १४ बजे