त्रिभुवन विमानस्थलबाट भद्रपुर उडेको विमानमा प्राविधिक समस्या, काठमाडौंमै अवतरण



काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ भएको छ।

बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो ।

जहाजलाई कम्पनीको प्राविधिक टिमले चेकजाँच गरिरहेको छ । यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : पुस २२, २०८१ सोमबार  १२ : २९ बजे