काठमाडौँ । ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ परेका छन्। सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्नका लागि पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।
लिपुलेकसम्बन्धी पछिल्लो प्रकरणमा सरकार गैरजिम्मेवार रूपमा प्रस्तुत भएको भन्दै नेपाल धर्ना दिन गएका थिए।
‘सरकार लिपुलेक कहिले फिर्ता गर्ने ?’ लेखिएको ब्यानर घाँटीमा झुण्ड्याएको अवस्थामा उनी पक्राउ परेका हुन्।
नेपालले आफैँ फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारको दक्षिणी गेटमा धर्ना बस्ने जानकारी गराएका थिए।
यस्तो छ स्टाटस
लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन् झन् मौन रहनेछ , इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ । त्यसैले सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न पनि नागरिक तहबाट सरकारको विरोध नगरी हुँदैन । यही प्रयोजनका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज मध्यान्ह १२स्०० बजेदेखि ४स्०० बजेसम्म सिंहदरबारको दक्षिणी ढोकामा धर्नामा बस्दै छ ।