काठमाडौं । चिसो बढेसँगै इलामस्थित चिया बगान हुस्सुले ढाक्न थालेको छ ।चिसो सिरेटो, क्षण-क्षणमा बहकिने भुँइकुहिरो । इलामको मौसम पनि आगन्तुकसँग लुकामारी खेले झै लाग्छ ।
इलाम भन्नसाथ तपाईंको स्मृतिमा यस्तै दृश्य सल्बलाउन थाल्छ । हो पनि, इलामको खास चिनारी चिया बगान नै हो । कलकलाउँदो चिया बगान देखेपछि आगन्तुकहरु हुरुक्कै हुन्छन् ।
पाखाभरी चिया, खोल्साभरी अलैंची, कान्ला(कान्लामा अकबरे र अदुवा । दोबाटोभरी दुध बोकिरहेका घोडाका लस्कर । इलाम यस्तो क्यानभास हो, जसमा पौरखी हातहरुले जतनकासाथ कुची चलाएका हुन् ।
सायद यसैले त कवि भूपी शेरचनलाई फुरेको हुनुपर्छ, ‘देशभर नै अली-अली इलाम छरिदिन मन लाग्यो ।’