काठमाडौँका यि स्थानमा आज हुँदैछ विद्युत् अबरुद्ध



काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध गर्न लागिएको प्राधिकरणको भनाइ छ।

काठमाडौँको क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती करिडोरमा भूमिगत केवललाइन मार्फत पुष्पलाल पार्कको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडान गर्न लाइन काट्न लागिएको प्राधिकरणले सूचनामार्फत जानकारी दिएको छ। यसका लागि क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन काटिने छ।

यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड ट्रेड सेन्टर, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताल क्षेत्रमा पनि लोडसेडिङ गरिनेछ।

त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म, टेकु वंशीमार्ग, सुकुम्बासी टोलसम्म जाने बाटोसम्म पनि विजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुतीगृह पूर्वगेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ देखि ५ बजेसम्म लाइन काटिने प्राधिकरणको भनाइ छ

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ९ : ५७ बजे