काठमाडौं । इलामको सूर्योदय नगरपालिका स्थित फिक्कल बजार र आसपासका क्षेत्रहरु पर्यटकहरुका लागि किनमेल र घुमफिरका लागि प्रमुख हबका रुपमा विकास हुँदै गएको छ ।
फिक्कल नजिकै रहेको चर्चित कन्याम चिया बगान र सूर्योदयका लागि प्रख्यात अन्तुडाँडा पर्यटकहरुको रोजाइमा छ ।
भारतको दार्जिलिङ घुम्न जानेहरुका लागि पनि फिक्कल ‘गेटवे’का रुपमा परिचित छ ।







