काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका मन्त्रीहरूको कार्यप्रगति विवरणबारे माग गरेका छन्।
कांग्रेसका मन्त्रीसँग देउवाले मागे कार्यप्रगति विवरण
बिहीबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा मन्त्रीहरूलाई बोलाएर सभापति देउवाले कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन्।हालसम्म तीन जना मन्त्रीहरूले आफूले सरकारमा रहँदा गरेका कामबारे सभापति देउवालाई जानकारी गराएका थिए।
हालसम्म ३ जना मन्त्रीहरूले आफूले मन्त्रालयमा रहँदा गरेका कामबारे जानकारी गराएका थिए। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीका अनुसार मन्त्रालयको कामकारबाही प्रभावकारी बनाउने विषयमा पनि मन्त्रीहरूले नेताहरूको सुझाव लिएको बताए।
छलफलमा अध्यादेशबारे पनि कुराकानी भएको थियो।














