सिंहदरबारमा चार पार्टीका प्रमुख सचेतकबीच छलफल जारी



काठमाडौं । शुक्रबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरुबीच छलफल जारी छ ।

छलफलमा एमालेसहित नेपाली कांग्रेस, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतकहरु सहभागी छन् ।

उनीहरुबीच ‘संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने विषय’ मा छलफल भइरहेको बताईएको छ ।

प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार  १ : ०५ बजे