काठमाडौं । कोशी प्रदेशकै चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटार पहाडको टुप्पोमा रहेको स्काइवाक टावर पछिल्लो समय पर्यटकको रोजाइमा छ ।
यहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृङ्खलाहरू एकै पटक हेर्नसकिन्छ।
पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार हो।




















