काठमाडौँ । विपक्षी दलले तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् ।
आज नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सदन बोलाउन आग्रह गरेका हुन् ।
दलको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै विपक्षी दलले तत्काल संसद् बैठक नबोलाए विशेष अधिवेशन माग गर्ने चेतावनी दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने -‘हामी विपक्षी दलहरू संसद्को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्को हिउँदे अधिवेशनको माग गर्छौं,’ ।
विपक्षी सात दलले सरकार स्वेच्छाचरीढंगबाट चलेको आरोप पनि लगाएका छन् ।














