काठमाण्डौ ।यू–१९ महिला विश्वकपमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । मलेसियामा जारी विश्वकपको समूह डीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा आशातित सफलता हासिल गर्न सकेन् ।
नेपालले दिएको जम्मा ५३ रनको लक्ष्य बंगलादेशले १३।२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । बंगलादेशका लागि अफिया अशिमा एराले ९ तथा जन्नतुल मौवाले ५ रनको नटआउट पारि खेल्दै जिताए । सुरुआत भने राम्रो भएको थिएन । एमएसटी सौम्य अख्तर सुवर्णा र फामिदा चोयाको ओपनिङ जोडीलाई चाँडै नै विदा गरेर नेपालले सफल सुरुआत गरे पनि त्यसको फाइदा भने लिन सकेन ।
सौम्य सुवर्णा ४ तथा चोया १ रनमा आउट भइन् । यसैगरी जुरिया फिर्दोस २ रनमा आउट हुँदा सादिया आलम र कप्तान सौम्य अख्तरले जीतको आधार तय गरेका थिए । सादिया आलमले १६ रन बनाउँदा कप्तान अख्तरले १२ रन जोडिन् । नेपालका लागि रचना चौधरी, रिया शर्मा, सिमाना केसी र कप्तान पूजा महतोले एक एक विकेट लिए ।














