काठमाडौँ । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका छन्।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा उनीसहित केहीविरुद्ध मुद्दा दायर भएको छ।
जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो। यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ।
स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका थिए।














