सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेसहित ४२ जनाविरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा आइतबार मुद्दा दायर गरेको हो ।

रुपन्देहीले लामिछानेसहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको हो । रवि लामिछानेको नाममा २ करोड रुपैयाँ गएको उल्लेख भौचर समेत बरामद भएको थियो ।

प्रकाशित मिति : माघ ६, २०८१ आईतबार  २ : १० बजे