एमालेमै फर्किँदै वामदेव



काठमाडौँ । वामदेव गौतम एमाले फर्किने अन्तिम तयारीमा लागेका छन्।

वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताएका छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बिहान फोनमा कुरा गरेका उनलाई ओलीले एमालेले छिट्टै स्वागत गर्ने जवाफ दिएको छन् ।

समाजवादीमा जाने अन्तिम तयारीमा रहँदै बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले विभिन्न समयमा पार्टीबाट अलग भएका नेताहरुलाई पार्टीम फिर्ता हुन आह्वान गरेपछि गौतमले एमालेमा फर्किने मन बनाएका हुन् ।

प्रकाशित मिति : माघ ६, २०८१ आईतबार  ५ : १० बजे