काठमाडौंको नागर्जुन नगरपालिका रानिवनमा अवस्थित रातो गुम्बा एक पर्यटकीय गन्तव्य हो ।
काठमाडौं उपत्यकाको दृश्य अवलोकन गर्न र छुट्टी मनाउन पनि यहाँ पर्यटकहरु आउने गर्दछन् ।
गुम्बामा बिहानबेलुका पूजा हुन्छ।
तीर्थालुहरू आफ्ना पितृलाई सम्झन्छन्, व्यापार–व्यवसाय लाभको कामना र बिरामी निको होस् भन्दै पूजापाठ गर्छन्।

























