काठमाडौं । मलेसियामा जारी यू–१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो।
१४ रन जोड्दा ३ विकेट गुमाएको अस्ट्रेलियाको मध्यक्रम समालिएर मैदानमा उत्रिँदा नेपालले उच्च लक्षय पाएको हो। नेपालका लागि पुजा महतोले ३ विकेट लिँदा सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिएकी थिइन्।
पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा नेपाल रहेको छ ।














