बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान रुपन्देही जिल्ला अदालतमा सुरु भएको छ ।
बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो ।मुद्दा दर्ता भएपछि लामिछाने आज आफैं अदालतमा उपस्थित भएका हुन् ।
बयानपछि यो मुद्दामा रूपन्देही जिल्ला अदालतका न्यायधिवक्ता प्रेम पौडेल, सह-न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्ने छन् ।
उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो ।














