रविको थुनछेक बहस सकिएन,भोलि पुनः अदालत उपस्थित हुने



काठमाडौं । रुपन्देही अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ ।

आज रुपन्देही अदालतमा जारी बहस नसकिएपछि भोलि पुनः उपस्थित हुनेगरी राखिएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी हिजो अदालतमा उपस्थित भएका थिए ।

हिजो रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको बयान सकिएको थियो ।आजबाट थुनछेक बहस सुरु गरिएको हो ।

प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार  ४ : ५५ बजे