काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् ।
आज रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा बहस भइरहेको छ ।न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा रविको थुनछेक बहस चलिरहेको छ ।
लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । बुधबार लामिछाने अदालतमा उपस्थित भई उनी माथिको बयान सकिएको थियो ।
बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फ बाट बहस हुने छ ।














