काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ। माघ १३ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो।
संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा मुख्य छलफल हुने बताइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गतेका लागि आह्वान गरेका छन्।