काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् ।
आज रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणमा सहकारी पीडितको तर्फबाट बहस सकिएको छ ।
न्यायाधीश प्रह्लाद योगीको इजलासमा सहकारी पीडितको तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए ।
जाहेरवालको तर्फबाट बहस सकिएको छ । रवि लामिछानेको तर्फबाट बहस हुनेछ । रविको तर्फबाट सुरूमा वरिष्ठ अधिवक्ता सुशिल पन्तले गर्ने तयारी गरिरहेका छन्। सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइ र सुनीता राउत लगायतले बहस गर्ने तयारी छ।














