हर्क साम्पाङले अख्तियारलाई पत्र पठाउँदै भने- केही नजान्ने डब्लुएचओले दैनिक नुहाउनु पर्छ भन्छ!



काठमाडौँ( धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउँदै डब्लुएचओले केही पनि नजान्ने टिप्पणी गरेका छन्।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई पत्र लेख्दै यस्तो उल्लेख गरेका हुन्।

‘स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनु पर्छ र दैनिक नुहाउनु पर्छ भन्छ केही नजान्ने डब्लुएचओले,’ उनले अख्तियारलाई लेखेको पत्रमा उल्लेख छ,’नुहाउनलाई नि पानी चाहियो।

आयोगले २०८१ माघ २ गते पत्र पठाउँदै धरानको खानेपानी बोर्डका विषयमा प्रष्टीकरण सोधेको थियो।

साम्पाङले दिएको स्पष्टीकरणमा बोर्ड स्वायत्त निकाय भएको उल्लेख छ।

यस्तो छ मेयर साम्पाङले पठाएको पत्र

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ४ : २६ बजे