रविको मुद्दामा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकियो



काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविको मुद्दामा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकिएको छ ।

रवि लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै जवाफी बहस भएको हो ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको हो । जवाफी बहसपछि इजलासले यो मुद्दामा आदेश गर्नेछ ।

प्रकाशित मिति : माघ १३, २०८१ आईतबार  ४ : १२ बजे