कास्की जिल्ला अदालतको आदेशविरुद्ध निवेदन लिएर उच्च पुगे रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन् ।

सोमबार धरौटी रकम उच्च भएको र साधारण तारिखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन् ।

रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी उनले उच्चमा सोमबार निवेदन दिएका हुन् ।

प्रकाशित मिति : माघ १४, २०८१ सोमबार  २ : २६ बजे