काठमाडौं ।आजबाट सोनाम ल्होछार २८६१ शुरु भएको छ । आज (बिहीबार) गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदैछ । सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् ।
सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरियो । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका छन् ।
तस्बिरहरु










तस्बिर : टार्जन लिम्बु नेपाल न्यूज बैंक